logo
  • Thursday, June 17, 2021
  • वि.सं ३ असार २०७८, बिहीबार

एमाले स्थायी कमिटी बैठक: माधव–झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्कासन

स्टिम न्युज वि.सं १० जेष्ठ २०७८, सोमबार १९:३९
एमाले स्थायी कमिटी बैठक: माधव–झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्कासन

Spread the love

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।

स्रोतका अनुसार उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ ।

बैठकले  खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई पनि पार्टीबाट निस्कासन गरेको छ ।

सोही अनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधेपनि उक्त समूहले स्पष्टीकरण दिएका थिएनन् ।



Loading...
loading...

Top