logo
  • Tuesday, July 7, 2020
  • वि.सं २३ असार २०७७, मंगलवार

त्रिशुली नदीमा कार खस्दा प्याराग्लाइडिङ व्‍यावसायीको निधन

वि.सं ११ श्रावण २०७५, शुक्रबार २२:४५
त्रिशुली नदीमा कार खस्दा प्याराग्लाइडिङ व्‍यावसायीको निधन

त्रिशुली नदीमा कार खस्दा प्याराग्लाइडिङ व्‍यावसायीको निधन

पोखरा-पृथ्वी राजमार्गको नौबीसे-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बैदामका मधुकर सुवेदीको निधन रहेका छन् । घटनामा शैलेन्द्र रावत र बाबू सुनुवार सामान्य घाइते भएका छन् । उनिहरु पौडेर बाँच्न सफल भएका हुन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा १४ च ३७५८ नम्बरको कार अगाडिको ट्रकलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिका कारण त्रिशुलीमा खस्न पुगेको थियो।

नेपाल प्याराग्लाईडिङ तथा ह्यङग्लाईडिङ संघका कोषाध्यक्ष समेत रहेका मधुकर सुवेदी र अन्य पर्यटन ब्यवसायीहरु प्यराग्लाईडिङ सम्बन्धि साफ गेम र एसि यन गेम सङै ब्यवसायिक कामले काठमाडौ गएका थिए। काठमाडौबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परि सुबेदिको निधन भएको सहकर्मी बसन्त दवाडीले जानकारी दिए।

दवाडी भने “हामी दुई वटा कारमा काठमाडौबाट फर्कदै थियौ उहाँहरु पछाडिको अर्को गााडिमा हुनुहुन्थ्यो एक्कासी सी दु:खद घटना भयो। क्षण भरमै एक साथीलाई गुमायौ।’



Loading...
loading...

Top