logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

स्वादिष्ट परिकार: घरमै कसरी बनाउने पालक पनिर? जानकारी सहित

वि.सं १७ असार २०७६, मंगलवार १६:३८
स्वादिष्ट परिकार: घरमै कसरी बनाउने पालक पनिर? जानकारी सहित

स्वादिष्ट परिकार: घरमै कसरी बनाउने पालक पनिर? जानकारी सहित

दुधबाट बन्ने पनिर प्राय नेपालीहरुको प्रिय परिकार हो जसलाई विभिन्न परिकार तयार गर्न सकिन्छ। घरमा मात्र नभएर अहिले बिभिन्न सभा समारोहमा समेत पनिरको परिकारहरुको प्रयोग बढ्दै गएको पाइन्छ।

पनिर धेरै परिकारमा बनाउन सकिन्छ त्यसमध्येको एक हो पालका पनिर पनि एक स्वादिष्ठ परिकार हो। पालका पनिर घरमै बनाउन पनि सजिलो हुन्छ।

आवश्यक सामाग्री: 

    • ५ कल्ली पालक
    • २०० ग्राम पनिर,
    • ग्राम मटर दाना,
    • १०० ग्राम प्याज कोर्ने ,
    • १०० ग्राम टमाटर पिन्ने ,
    • २५/२५ ग्राम अदुवा,
    • लसुन पेष्ट,
    • १/१ टेवुल स्पुन जिरा धनिया धुलो,
    • १/२ – १/२ टि स्पुन बेसार,
    • खोर्सानीको धुलो,
    • १५ ग्राम कसुरी मेथी,
    • २ टेवुल स्पुन ताजा क्रिम,
    • १ टेवुल स्पुन कोरेको चिज,
    • १/४ टि स्पुन गरम मसला,
    • तेल, नुन, अजिनोमोटो इच्छानुसार ।

बनाउने विधि :

    • पालकको सागलाई सफा गरि काट्नुस ।
    • एउटा भाँडोमा पानी राखेर बसाउनुहोस र पालकको साग राखी  ४/५ मिनेट उसिन्नुहोस्।
    • दुई मिनेटपछिपालकको सागलाई निकालेर चिसो पानीमा राख्नुहोस् र निकाल्नुहोस् ।
    • पनिरलाई ४ कुने पिसमा सानो बनेर काट्नुहोस् ।
    • एउटा भाँडोमा तेल तताउनुहोस् र तेल तातेपछि त्यसमा जिरा, हरियो खुर्सानी, अदुवा, लसुन, प्याज राखेर पकाउनुहोस्।
    • केही छिन पछि त्यसमा टमाटर राखेर पकाउनुहोस् ।
    • पाकिसकेपछि त्यसलाई निकालेर सेलाउन राख्नुहोस् ।
    • सेलाइसकेपछि पालक र त्यो मसलालाई मिक्सरमा राखेर पेस्ट बनाउनुहोस् ।
    • अब एउटा भाँडोमा तेल तताउनुहोस् र त्यसमा बेसर, खुर्सानी पाउडर, धनियाँ पाउडर, जिरा पाउडर राख्नुहोस् ।
    • त्यसपछि त्यसमा पेस्ट राख्नुहोस् र मिक्स गर्नुहोस् ।
    • त्यो मिक्सलाई केही दुई मिनेट पकाउनुहोस् र त्यसपछि क्रिम वा दुधको तर वा दही राख्नुहोस् ।
    • अब त्यसमा गरम मसला र नुन राख्नुहोस् ।
    • त्यसमा पनिर् राख्नुहोस् र पकाउनुहोस् ।



Loading...
loading...

Top