logo
  • Friday, May 29, 2020
  • वि.सं १६ जेष्ठ २०७७, शुक्रबार

पदमुक्त भए कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खत्री

स्टिम न्युज वि.सं ३१ श्रावण २०७६, शुक्रबार ०९:०१
पदमुक्त भए कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खत्री

सुर्खेत।  कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई पदमुक्त भएका छन्। उनलाई कर्णाली प्रदेशका  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्रालयका अनुसार मुख्यमन्त्री शाहीले पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिएका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीका नेतासँग छलफल गरी बर्खास्त गरेका हुन् ।

बिहीबार साँझ नै मुख्यमन्त्री शाहीले मन्त्री खत्रीलाई बर्खास्त गरेको निर्णय प्रदेश प्रमुख दुर्गाकेश खनाललाई जानकारी दिएका छन् । संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरी भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री शाहीले आफै सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

बैंकिङ्ग कसुरको अभियोगमा उच्च अदालत पाटनले गएको मंगलबार पक्राउ पुर्जी जारी गरेपछि खत्रीको आलोचना भइरहेको थियो । यसै क्रममा मुख्यमन्त्री शाहीले खत्रीलाई मन्त्रीबाट पदमुक्त गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत लिएका छन् ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।

खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप छ । उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्सानी पुर्‍याएको बैंकले दाबी गरेको छ ।



Loading...
loading...

Top