सेल्फीकाे दुनियामा छुट्टै पहिचान बनेकाे ओप्पोकाे ‘ओप्पो एफ ११ प्रो’ नेपाली बजारमा

Advertisement

सेल्फीकाे दुनियामा छुट्टै पहिचान बनेकाे ओप्पोकाे ‘ओप्पो एफ ११ प्रो’ नेपाली बजारमा

काठमाडौ : चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले ४८ मेगापिक्सेल क्यामरा भएको बजेट मूल्यको मोबाइल बजारमा ल्याएको छ । ओप्पो एफ ११ प्रो मोबाइलको पछाडिको भागमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुई क्यामेरा रहेका छन् ।

सेल्फी क्यामेराको लागि चर्चित ओप्पोले यस मोबाइलमा सेल्फी क्यामेरालाई मोबाइलको माथिल्लो भागबाट स्लाइड गरेर उठाउन मिल्ने गरी राखिएकाले यसबाट खिचिएको सेल्फी आकर्षक हुने विश्वास गरिएको छ । मोबाइलमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

ओप्पो एफ११ प्रोको बजार मुल्य रु.४७,९९० तोकिएको छ । ओप्पो एफ११ प्रो हरियो र कालो दुई रंगमा उपलब्ध छ ।  यसमा १२ एनएम २.० गिगाहर्ज ओक्टाकोर मेडियाटेक हेलियो पी७० प्रोसेसर राखिएको छ । त्यस्तै फोनको अर्को उल्लेख्नीय पक्ष बजेट मोबाइलमै पनि ६ जिबीको ¥याम र १२८ जिबीको स्टोरेज हुनु हो । यति कम मूल्यको मोबाइलमा यति उच्च स्टोरेज हाल कमै मोबाइलमा मात्र उपलब्ध छ । मोबाइलमा माइक्रो–एसडी प्रयोग गरेर स्टोरेजलाई थप बढाउन सकिन्छ ।

४००० एमएएचको शक्तिशाली ब्याट्री रहेको ओप्पो एफ११ मा एन्ड्रोइडको पछिल्लो संस्करण अन्ड्रोइड ९.० चल्छ । यसलाई कम्पनीले कस्टमाइज गरेर प्रयोगकर्ताहरुका लागि थप विकल्प दिएको छ । ओप्पो एफ११ प्रो सेटको लागि कम्पनीले छिट्टै चार्ज हुने चार्जर दिएको छ । उक्त चार्जरले चार्ज हुने समयलाई २० प्रतिशतले घटाउने कम्पनीको दावी छ ।

 

Facebook Comments