logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

बार्षिक बजेट आर्थिक बर्ष २०७७/७८ : अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापनको व्यवस्था

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७७, बिहीबार १९:५६
बार्षिक बजेट आर्थिक बर्ष २०७७/७८ : अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापनको व्यवस्था

काठमाडौं। अनलाइन सञ्चार माध्यमलाई पनि सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन दिइने भएकाे छ ।

आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले सञ्चार क्षेत्रको समूचित विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउदै सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने व्यवस्था बजेटमा गरिएको जानकारी गराउनुभयो ।

उहाँले रेलमार्गका लागि अर्ब ६६ करोड बजेट छुट्याएको चर्चा गर्दै अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले नागरिक उड्डयन प्राधिकरणको पुनर्सरचना गरिने बताउँदै मध्यपहाडी लोकमार्गले पायो ८ अर्ब २७ करोड बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले निर्यातमूलक उद्योगलाई छुट सुविधा उपलब्ध गराउँदै रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याउने भएको छ । आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना पनि सरकारले बनाएको सुनाउनु भयो ।

अर्थमन्त्री खतिवडाले शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड विनियोजना गरिएको जानकरी दिदै १८०० विद्यालय भवन बनाउने योजना पनि बजेटमा समावेश गरिएको बताउनुभयो ।



Loading...
loading...

Top