logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस । भर्ने तरीका समेत

वि.सं ८ बैशाख २०७५, शनिबार ०९:४३
Blog single photo

अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस

यातायात व्यवस्था विभागले यहि २०७५ बैशाख ७ गते शुक्रबार बेलुकी देखी मोटरसाइकल, स्कुटर र साना सवारीहरूको लागि अनलाइन लाइसेन्स फारम खुला गरेको छ । कार्यालयमा अत्याधिक भिड भै रहने भएको हुँदा घरमै बसेर अनलाइन फर्म भन् मिल्ने व्यवस्था गरेको हो । नयाँ लाइसेन्स तथा थप क्याटगोरी समेत छुट्टा छुट्टै भर्न सकिन्छ ।

बिगत केही बर्ष देखी नयाँ तथा थप कुनै पनि लाइसेन्स को बिभागले जारी गरेको थिएन । अपर्याप्त पूर्वाधार भएका कारण केही बर्ष देखी बन्द ट्रायल अघिल्लो बर्षमा मात्रै नयाँ प्रणालीबाट ट्रायल परिक्षा दिने व्यवस्था सुरू गरीएको थियो । त्यसका कारण कार्यालयमा अत्याधिक चाप परेको थियो ।

लाइसेन्स कसरी भर्ने त ?

सर्वप्रथप विभागको साइट यातायात व्यवस्था विभाग मा क्लिक गर्नुहोस । त्यस पछी तल तस्विरमा भए जस्तै रातो घेरा  भित्रको अनलाइन सवारी चालक अनुमती पत्र लेखीएको ठाँउमा मा क्लिक गर्नुहोस

 

त्यसपछी तल तस्विरमा देखाइए जस्तै  DRIVING LICENSE ONLINE REGISTRATION मा क्लिक गर्नुहोस

त्यसपछी नयाँ थप वा नयाँ के हो त्यो रोजेर Prossed मा क्लिक गर्नुहोस

त्यसपछी खुल्ने विन्डोमा अाफ्नो विबरण हालेर Submit गर्नुहोस ।

त्यसपछी नया भए दिएको जानकारी पुन अाँफैले परिक्षण गर्नुहोस गल्ती भए नभएको सच्याउनका लागि । गल्ति छैन् भने फेरी अगाडी submit गर्नुहोस ।

त्यसपछी रिफ्रेन्स नम्बर आउँछ त्यो सुरक्षित राख्नु होस । त्यसलाइ Ok मा दबाउनुहोस ।

त्यस पछी देखा पर्ने विन्डो लाइ प्रिन्ट गरेर तोकिएको मितिमा फर्म भर्दा अाफुले रोजेको यातायात व्यवस्थाकार्यालयमा गएर राजश्व समेत बुझाउनु होस ।

सम्बन्धीत समाचार

लिखित परिक्षामा नाम निस्कियो निस्कीएन वा स्मार्ट लाइसेन्स प्रिन्ट भयो की भएन यहाँ बाट थाहा पाउनुहोस

स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको जानकारी एसएमएसबाटै

 

 

 

 




Top