logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

भोटिङ मेसिन बिग्रिएरपछि स्थगित एनआरएनको मतदान आज

स्टिम न्युज वि.सं ३० आश्विन २०७६, बिहीबार ०८:४६
Blog single photo

काठमाडौं: काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआएरए) को नवौं विश्व सम्मेलनका क्रममा नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर शुरु भएको मतदान मेसिनमा खरावी आएसँगै केही सयमपछि स्थगित भएको छ ।

भोटिङ मेशिनले काम नगरेपछि आज (बिहीबार) बिहान १० बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका आयुक्त शिव रिमाल र सदस्य केपी पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

एकजनाले मात्र मतदान गरेपछि मेशिन विग्रिएको जनाइएको छ । भोटिङ मेशिन बनाएपछि आज (बिहीबार) बिहान १० बजेदेखि मतपत्रबाटै पुनः मतदान प्रक्रिया शुरु हुने जनाईएको छ ।

एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन्। महाधिवेशनमा ४१ पदका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन् । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।




Top