logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्म निषेधाज्ञा जारी

स्टिम न्युज वि.सं २ भाद्र २०७६, सोमबार ११:०६
Blog single photo

भरतपुरः  जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्म निषेधाज्ञा जारी  गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आजदेखि यस क्षेत्रमा प्रदर्शन र सामूहिक जमघट हुन नदिने निर्णय गरेको बताएको छ ।

दिनहुँ प्रदर्शन र हुलहुज्जत गर्ने क्रम बढेपछि अप्रिय घटना नहोस् भनि चितवन प्रहरी प्रशासन चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा प्रदर्शन गर्न निषेध गरेको हो । साथै प्रशासनले अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत थप कडा पारेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार विभिन्न क्रियाकलापका कारण यहाँ उपचारका लागि आउने विरामीले सास्ती पाएपछि अस्पतालहरुमा सुरक्षा दिन थालिएको हो । । उनले प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।

आज रवि लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरिने बताइएको छ । अदालतमा पेस गर्न लागिएको भन्दै बिहानैदेखि  उनका समर्थकहरु भेला भएर नारावाजी समेत गरिरहेका छन् ।




Top