logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

१३ वर्षीया बालिकाको हत्या, विरोधमा उत्रिएका माथि प्रहरी दमन

वि.सं ११ श्रावण २०७५, शुक्रबार २३:१०
१३ वर्षीया बालिकाको हत्या, विरोधमा उत्रिएका माथि प्रहरी दमन

१३ वर्षीया बालिकाको हत्या, विरोधमा उत्रिएका माथि प्रहरी दमन

कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ ।बिहीबार साथीको घरबाट कापी–कलमसहित साइकलमा घर फर्कंदै गरेकी बालिकाको शव शुक्रबार बिहान भेटिएको थियो।

अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा–९ मा अध्ययनरत बालिका बिहीबार साँझसम्म घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरे पनि प्रहरीले वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ ।

भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।  बालिकाको शव उखुबारीमा भेटिएपनि उनको साइकल, किताब, कापी र चप्पल भने छेउमै रहेको खोलामा फेलापरेको थियो ।

घटनास्थलमा खटिएको प्रहरी स्रोतकाअनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ । प्रहरीले घटनामा संलग्नताको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमासमेत स्थानीय प्रशासनसित सुरक्षा मागेका थिए । तर, सुनुवाइ नहुँदा घटना भएको स्थानीयको आरोप छ । कन्चनपुरमा एकपछि अर्को हत्याका घटना बढिरहेको भएपनि प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकिरहेको छैन । केही दिनअघि पनि कृष्णपुर नगरपालिकामा एक युवतीको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा भेटिएको थियो ।

विरोधमा उत्रिएका माथि प्रहरी दमन, महेन्द्रनगर तनाबग्रस्त

किशोरीका हत्यालाई कारवाहीको माग गर्दै भएको प्रर्दशनमा कधञ्चनपुर प्रहरीले हस्तक्षेप गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा पीडित किशोरीका हत्यारालाई कार्वाहीको माग गर्दै महिलाहरुले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रर्दशनमा प्रहरीले आश्रुग्यास समेत प्रहार गरेको छ ।

मृतककका आफन्तले २ घण्टा सवारी ठप्प पारेका थिए भने अहिले महेन्द्रनगर बजार पूर्णरूपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीका अनुसार आन्दोलनकारीले तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । ५ जना महिलालाई पक्राउ गरिएको डिएसपी सेठीले बताए । घटनामा २ प्रहरी र केही प्रर्दशनकारी पनि घाइते भएका छन् ।

मृतक किशोरी त्यसअघि साथीको घरमा आउनेजाने गर्दै आएकी थिइन् । मृतकका आफन्तले बिहीबार साँझ नै प्रहरी चौकी भगतपुरमा उनी हराएको उजुरी दिएको भएपनि प्रहरीले ‘भोलि खोजौँला’ भनेर टारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएपी ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले भने, ‘‘उनको मृत्यु शंकास्पद देखिएको छ, बलात्कार भएको प्रारम्भीक अनुमान गरेका छौं ।’’



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com