logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

भारतबाट आएका ५ सय बढी नेपाली क्वारेन्टाइनबाट भागे

स्टिम न्युज वि.सं १० चैत्र २०७६, सोमबार १८:४८
भारतबाट आएका  ५ सय बढी नेपाली क्वारेन्टाइनबाट भागे

काठमाडौ । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट भागेका छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो ।

सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।

तर र एउटै कोठामा ३० र ३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाए । कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् । उनले भने, ‘नजिकैका मानिसहरु जानु भएको हो, बाँकीका लागि व्यवस्था मिलाउँदैछौं ।’

प्रहरीका अनुसार अहिले करिव २०० मानिस छन् र, उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।



Loading...
loading...

Top