logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

नेपालीको टाउकोमा ऋणै ऋण :अघिल्लो बर्षको भन्दा सात हजार बढी

वि.सं २९ चैत्र २०७५, शुक्रबार २१:३९
Blog single photo

नेपालीको टाउकोमा ऋणै ऋण :अघिल्लो बर्षको भन्दा सात हजार बढी

काठमाण्डौ – हरेक नेपालीको टाउकोमा यो बर्ष पनि ऋणको भार बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार हरेक नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण रहेको छ।

प्रतिवेदनअनुसार एक नेपालीको भागमा एक वर्षमै ७ हजार ७४ रुपैयाँ ऋणको भार थपिएको छ। आथिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रहेको छ ।

जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रहेको छ । ऋण दायित्व गएको वर्षको तुलनामा ३१.१९ प्रतिशतले अर्थात् २ खर्ब १७ अर्ब ६२ करोड वृद्धि भएको महालेखाले जनाएको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४२.७३ प्रतिशत र वैदेशिक ऋण ५७.२७ प्रतिशत रहेको छ ।

असार मसान्तको कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधारमान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व ३१ हजार ७ सय ५०  रुपैयाँ रहेको छ ।




Top