logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

चलचित्र पासवर्ड भदौ २७ देखि रिलिज हुदै, प्रिमियरमा सहभागी हुन सन्नी बिहिबार नेपाल आउँदै

स्टिम न्युज वि.सं २५ भाद्र २०७६, बुधबार १५:१२
Blog single photo

काठमाडौँ ।  भदौको २७ गतेबाट रिलिज हुने चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बलिउड नायिका सन्नी लियोनी बिहिबार (भोलि)नेपाल आउँदैछिन् ।

चलचित्र पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएर उनले  दमदार आइटम डान्स गरेकी  छिन् ।

२ महिना अगाडि रिलिज भएको उक्तगीत युटुबमा ४० लाखभन्दा बढीले हेरेका छन् ।निर्माण टिमका अनुसार यो गीतको लागी सन्नीले ३ करोड पारिश्रमिक बुझेको बताएको छ ।

त्यसैले अहिले चलचित्रको सन्नीको आइटम गीतलाई दरिलो माध्यम बनाउदै चलचित्रका अन्य कलाकार र निर्माण टिम प्रचारप्रसारमा खासै सहभागी भएका छैनन् । त्यतिमात्र होइन् , चलचित्रमा सन्नीको अभिनय समेत रहेको हल्ला चलेको छ । त्यसैले सन्नी चलचित्रको हाइप बढाउन नेपाल आउन लागेकी हुन् । सन्नीले एक भिडियो सेयर गदै आफु नेपाल आउन एकदमै उत्साहित भएको बताएकी थिइन् ।

चलचित्रको कथा नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश पुर्याएपछि उत्पन्न हुने परिस्थितीमा आधारित रहेको छ ।  चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा सन्नीको अलवा अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङ लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।

 




Top