logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

रातारात नेपालीलाई दसगजामा ल्याएर छाड्दै भारतीय सुरक्षाकर्मी

स्टिम न्युज वि.सं ११ बैशाख २०७७, बिहीबार ०८:४७
रातारात नेपालीलाई दसगजामा ल्याएर छाड्दै भारतीय सुरक्षाकर्मी

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् ।

भारतको मुम्बई, महाराष्ट्रलगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल – भारत सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेका हुन् ।

भारतको स्थानीय प्रहरीले नेपालीलाई छोडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल ९एसएसबी० लाई भनेर उतै फिर्ता गर्ने क्रम केही दिनदेखि चलिरहेको छ ।

नेपालले आज फिर्ता गरे पनि अर्को दिन तिनै मानिस दसगजामा देखिने गरेकाले नेपाललाई ठूलो समस्या परेको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।



Loading...
loading...

Top