logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

डा. गोविन्द केसी र सरकार बीच भएको सहमतिको नेपाली काँग्रेसद्वारा स्वागत

वि.सं ११ श्रावण २०७५, शुक्रबार १८:५५
डा. गोविन्द केसी र सरकार बीच भएको सहमतिको नेपाली काँग्रेसद्वारा स्वागत

डा. गोविन्द केसी र सरकार बीच भएको सहमतिको नेपाली काँग्रेसद्वारा स्वागत

काठमाडौं । डा. गोविन्द केसी र सरकार बीच हिजो भएको सहमतिको नेपाली कांग्रेसले स्वागत गरेको छ । काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केसीको जीवन रक्षा गर्दै सरकार र केसीबीच भएको सहमतिको स्वागत गरेको हो ।

काँग्रेस नेतृत्वमा हुँदा खोलिएका मेडिकल कलेज स्थापना सँगै उत्पन्न भएको समस्यालाई समाधान गर्न काँग्रेस नै अघि बढेकाले केसीको जीवन रक्षा मात्र नभई मेडिकल कलेजको बेथिति सच्याउन पनि काँग्रेसले विरोध जनाएको तर्क गरेको छ । संसद अवरुद्ध हुँदा कानून निर्माणमा ढिलाई भएको स्वीकार गर्दै काँग्रेसले दबाब स्वरुप सडक र सदनमा विरोध नजनाएको भए केसी र सरकारबीच सहमति नहुने उसको दावी छ ।

केसीको वकालतमा लागेर सरकारको विरोध गरेको आरोपको खण्डन गर्दै काँग्रेसले सरकारबाट भए÷गरेका हरेक कदमको सुक्ष्म अनुसन्धान पछि आलोचना गरिने समेत प्रष्ट पारेको छ । एउटै पार्टीका सभामुख÷उपसभामुख, बढ्दो कर र महंगीको विषयलाई लिएर पनि काँग्रेसले विरोध जनाउने जनाएको छ ।

प्रवक्ता शर्माका अनुसार यसअघि, काँग्रेसले लिएको निर्णय अनुसार साउन १५ गतेका लागि तय गरिएको विरोध कार्यक्रम भने स्थगित नगर्ने समेत प्रष्ट पारेको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com