logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

आज जनवरी १,अर्थात राष्ट्रिय टोपी दिवस

स्टिम न्युज वि.सं १६ पुष २०७६, बुधबार ०८:००
आज जनवरी १,अर्थात राष्ट्रिय टोपी दिवस

काठमाडौं: आज अंग्रेजी नयाँ बर्ष अर्थात राष्ट्रिय नेपाली टोपी दिवस। सातौ राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा राजधानी लगायत विश्वभर बिबिध कार्यक्रमको आयोजना गरि मनाइदैछ।

शताब्दीऔं देखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपी नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । १ जनवरीका दिन आ–आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको सामाजिक संजालबाट शुभकामना दिने प्रचलन बढेको छ ।



Loading...
loading...

Top