logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

प्रधानमन्त्रीद्वरा नेपाली भूमि फिर्ता गराउन पहल

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार ०८:२७
Blog single photo

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् ।

भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीय सेना हट्नुपर्ने बताउँदै आएका छन् । यो समाचार राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।




Top