logo
  • Tuesday, August 4, 2020
  • वि.सं २० श्रावण २०७७, मंगलवार

अमेरीका बिरुद्द नेपालको शानदार जित

स्टिम न्युज वि.सं २९ माघ २०७६, बुधबार १२:१४
अमेरीका बिरुद्द नेपालको शानदार जित

काठमाण्डौ: आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकामाथी दोश्रो जीत हात पारेको छ। खेलमा स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएका थिए ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ विकेट र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो।

अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए।

सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए।

नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो। तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्र छक्का हान्दै खेल सकाएका थिए।

पारस १५ र दीपेन्द्र १५ रनमा अविजित रहे। अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए।



Loading...
loading...

Top