logo
  • Friday, July 3, 2020
  • वि.सं १९ असार २०७७, शुक्रबार

एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगिता: नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

स्टिम न्युज वि.सं २१ फाल्गुन २०७६, बुधबार ११:४४
एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगिता: नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं : एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ । यो जितसँगै नेपालले छनोटको झिनो सम्भावनालाई कायमै राखेको छ । पहिले ब्याटिङ गरेको थाइल्याण्ड २० ओभरमा अल आउट हुदै मात्र ६६ रनमा समेटियो ।

नेपाली बलरसामु क्रिजमा टिक्न नसकेका थाईल्याण्डका हेनो जोर्डन र फिरियाप सुवानचाईले १३–१३ रन बनाए । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन । बलिङमा करण केसीले ३ र अविनाश बोहराले दुई विकेट लिए ।

जवाफमा नेपालले पाँच दशमलव तीन बलमै एक विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्‍यो । कुशल मल्ल अविजित ३६ र पवन सराफ २७ रनमा क्रिजमा रहँदै नेपालले ९ विकेटको जित निकाले । दाबेदार नेपाल यसअघि दुई खेलमा हारेको थियो ।



Loading...
loading...

Top