logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

नादेझ्दा कपः नेपालद्वारा ताजिकिस्तान १—० ले पराजित

स्टिम न्युज वि.सं २४ भाद्र २०७६, मंगलवार १६:११
नादेझ्दा कपः नेपालद्वारा ताजिकिस्तान १—० ले पराजित

काठमाडौंः नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपालले ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

किर्गीस्तानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १—० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ८५ मिनेटमा निर्णायक गोल गरिन् । त्यस्तै गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । अब नेपालले यसअघि नै फाइनल पुगिसकेको उज्वेकिस्तान उपाधीको  खेल खेल्नेछ ।



Loading...
loading...

Top