logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

स्टिम न्युज वि.सं २८ भाद्र २०७६, शनिबार १३:४५
Blog single photo

काठमाडौंः नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ १७ मत प्राप्त गरी बिजयी भएका छन् । शनिबार  एनओसीको नयाँ नेतृत्वका लागि भएको मतदानमा उनका प्रतिद्वन्द्व पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए ।

जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा पनि जीवनराम श्रेष्ठ प्यानलका निलेन्द्रराज श्रेष्ठ १५ मत ल्याएर विजयी भएका छन् । उमेशलाल पक्षका पुरेन्द्रविक्रम लाखेले १२ मत पाएका छन् ।

पाँच जना उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै तिन जना सचिवमा रामजीबहादुर श्रेष्ठ १८,दीपकहर्ष बज्राचार्यले २५ मत र तुलसी थापाले २१ मत ल्याएर विजयी भए । सचिवमा राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट १ मतले पराजित भए ।

सात जना सदस्यको मत परिणाम सार्वजनिक हुँदा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् ।

२७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शमशेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए ।

यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए ।  निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गरेको छ ।

निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् । यसअघि भदौ २० गतेका लागि तय भएको निर्वाचन सर्वोच्च अदालतको आदेशपछि स्थगित भएको थियो ।




Top