logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

नयाँ नक्सा बनाउन कसको डर

स्टिम न्युज वि.सं ४ माघ २०७६, शनिबार ०९:०२
नयाँ नक्सा बनाउन कसको डर

काठमाडौं : लिम्पियाधुरालगायत नेपाली भूभाग समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ। तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन्।

संसदीय समितिले पनि लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिए पनि सरकारले छाप्न आँट गरेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासहित सीमा अभियन्ता सम्मिलित सर्वपक्षीय भेलाले नेपालको नक्सा सच्याउने प्रतिबद्धता जनाएको थियो।

भारतले भने १४ दिनमै दुइटा नक्सा बनाएको छ। उसले गत कात्तिक १६ मा काली नदीसहितको नक्सा जारी गरेको थियो। नेपालमा हल्लीखल्ली मच्चिएपछि भारतले काली नदी हटाएर नक्सा सच्याएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।



Loading...
loading...

Top