logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, सिंगापुर २१७ रनले पराजित

वि.सं २० असार २०७६, शुक्रबार १५:४४
Blog single photo

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, सिंगापुर २१७ रनले पराजित

काठमाडौं । एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै  नेपाल समूह बिजेता बनेको थियो।

समूह ‘ए’मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले  पराजित गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालका लागि रीत गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो ।

कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिए । तिलकले ५.१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए ।

ओपनर रीत गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।

नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रन बनाएर अल आउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंकको रन बनाउन सफल भएका थिए।

नेपालका लागि कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । रसिद खान र सागर ढकालले पनि एक एक विकेट बाँडे ।




Top