logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

नेपालमा कोरोना संक्रमित संख्या ६ सय ७५ पुग्यो

स्टिम न्युज वि.सं १२ जेष्ठ २०७७, सोमबार १२:०९
नेपालमा कोरोना संक्रमित संख्या ६ सय ७५ पुग्यो

काठमाडौं । नेपालमा आज एकैपटक नेपालमा ७२ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । यो विगतका दिनहरुको तुलनामा धेरै बढी हो । यो सँगै नेपालमा कोभिड–१९ संक्रमण हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको हो ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

नेपालमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् ।



Loading...
loading...

Top