logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

नेपाल र बंगलादेशबीच ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर

वि.सं २५ श्रावण २०७५, शुक्रबार १५:१७
नेपाल र बंगलादेशबीच ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर

नेपाल र बंगलादेशबीच ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र बंगलादेशबीच ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी–पत्र (एमओयू) मा आज नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशकातर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका हुन् । योसँगै नेपालसँग उर्जा समझदारीमा हस्तक्षर गर्ने बंगलादेश तेस्रो मुलुक बनेको छ । भारत र चीनले यसअघि नै नेपालसँग यस्तो सम्झौता गरिसकेका छन् ।

सम्झौतापछि ऊर्जामन्त्री पुनले एक बर्षभित्र पाँच सय मेगावाट बिद्युत निर्यात गरिने जानकारी दिँदा बंगलादेशका राज्यमन्त्री हमिदले भारत हुँदै आफ्नो देशमा नेपालको ऊर्जा भित्र्याउन बिमस्टेक आउँदो बैठकमा भारतीय पक्षसँग छलफल गरिने जनाउनु भयो ।

दुई देशबीच भएको एमओयूमा नेपालमा उत्पादित बिजुली बंगलादेशले किन्ने, जलविद्युतमा बंगलादेशको लगानी भित्र्याउने, नवीकरणयीय ऊर्जाको क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने र ऊर्जाका क्षत्रेमा तालिम लगायतका क्षमता अभभिवृद्धिका लागि संयुक्त प्रयास गर्ने लगायतका बुँदा समेटिएको छ । यस्तै, दुई देशबीच ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सह–सचिवस्तीय ज्वाइन्ट वर्किङ ग्रुप लगायतका संयन्त्र बनाइने पनि समझदारी–पत्रमा उल्लेख छ ।

माग उच्च भएपछि विद्युत् भित्र्याउन भुटानमा पनि लगानी गरिरहेको बंगलादेश नेपालमा आकर्षित भएको हो । नेपालमा बंगलादेशले लगानी गर्न सक्ने सम्भावित जलविद्युत् आयोजनाको पनि खोजी भइरहेको छ ।



Loading...
loading...

Top