logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

उपनिर्वाचनका लागि नेकपा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन

स्टिम न्युज वि.सं २६ भाद्र २०७६, बिहीबार १२:५४
Blog single photo

काठमाडाै‌ ।आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि सत्तारूढ दल नेकपाले आज आयोगमा दल दर्ताको निवेदन दर्ता गराएको छ ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।

नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो ।

निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।




Top