logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

नेकपाको भातृ संगठनमा सुधार ल्याएरै छाडछौँ : युवा नेता यादव

महेश सिंह वि.सं २ मंसिर २०७६, सोमबार ०९:३१
Blog single photo

सिरहा। सिरहाको लहानमा नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ सिरहाको शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय युवा संघ नेपालको कार्यदलको बैठकले युवा संगठन सिरहाका सहसंयोजकमा आशानन्द यादव जिम्मेवारी दिएपछी बधाई तथा शुभकामना दिनका लागि उक्त बधाई कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनग्रहण गरेका यादवले नेकपाको भातृ संगठनमा सुधार ल्याएरै छाड्ने र अर्को नेतृत्व गर्न लाई संगठमा सुधीकरण गर्नुपर्ने बताए।

यादवले नेपालको भुमि लिपुलेक तथा कालापानी एक इन्च पनि मिच्न नदिने बताए। नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै लाई एकै ठाउँमा उभिन आग्रह गरे।

कार्यक्रमा सहभागी सम्पूर्ण युवाहरुलाई संगठित भई देशको उन्नति ,प्रगति र समृद्धि तर्फ अग्रसर हुन् आग्रह गदै युवा संघ सिरहामा आवद्ध युवाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि आफु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी युवाहरुले सहसंयोजक आशानन्द यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिंदै नेपाली भुमि फिर्ता गराउन सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताए।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




Top