logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

नेकपा बैठक: प्रचण्डले प्रश्नहरुको जवाफ दिने

स्टिम न्युज वि.सं १९ माघ २०७६, आईतवार १३:५१
नेकपा बैठक: प्रचण्डले प्रश्नहरुको जवाफ दिने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजै सकिने भएको छ। १ बजे बोलाइएको केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि बसेको पार्टी सचिवालय बैठकले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो।

‘राजनीतिक प्रतिवेदनमा उठेका विषयहरुको बारेमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुनेछ’, सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावको बारेमा महासचिवले उत्तरित गर्नुहुनेछ। त्यसपछि, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया र समसामयिक प्रस्तावहरु अगाडि बढ्नेछ।’

अन्त्यमा, आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली उपस्थित भएर बैठकलाई सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले बताए। नेकपा बैठक गत बुधबारदेखि जारी छ। नेकपाले छलफलका लागि १५ समूह गठन गरेको थियो। समूहमा सचिवालयका सदस्यहरु थिएनन्। समूह नेताले शुक्रबार र शनिबार आफ्नो समूहमा उठेका विषयलाई पूर्ण बैठकमा प्रस्तुत गरिसकेका छन्।



Loading...
loading...

Top