logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

” नयाँ वर्ष, नयाँ यात्रा, नयाँ सुरुवात “

स्टिम न्युज वि.सं २९ चैत्र २०७६, शनिबार १८:४५
” नयाँ वर्ष, नयाँ यात्रा, नयाँ सुरुवात “

– साल फेरियो, पात्रो फेरियो, मन उस्तै छ, दुरुस्तै छ, सोच उस्तै छ, चिन्तन उस्तै छ फेरियो के र ? त्यही पात्रो फगत पात्रो ।

नयाँ वर्ष जस्तै जिन्दगीलाई पनि एउटा नयाँ यात्रा बाट सुरु गर्छु नयाँ सुरुवात गर्छु तर सोच भन्ने कुरा सपना जस्तै हुदोरहेछ राम्रो सपना देखिरहन मन लाग्ने, हेरिरहन मन लाग्ने । साच्चै नयाँ वर्ष संगै जिन्दगीको यात्रामा नयाँ पानाहरुमा नयाँ नयाँ अवसर र आशाहरु पनि देखा पर्दछ्न ।

यी वर्षहरु भनेका किताबका नयाँ अध्यायहरु जस्तै हुन जसको आउदो अध्यायहरु पढन अनि पल्टाउन उत्साहजन मन लाग्ने । नयाँ वर्ष लेखिन बाकी रहेका कपिका सादा पानाहरु हुन जहाँ दिनहरुले, महिनाहरुले बाच्दै जादा, हाँस्दै जादा अनि रुदै जादा अनुभवका अक्षरहरु भर्दै जान्छ्न ।

हरेक वर्ष आउँछ यो नयाँ वर्ष प्रत्येक पटक नयाँ उत्साह र उमङ्ग बोकेर आउछ तर यसलाई कसरी सदुपयोग गर्ने हाम्रो हातमा हुन्छ । नयाँ वर्षले आवरण नयाँ खोजेको होइन खोजेको त ! आचरण र जीवनशौली नयाँ हो । यति आवरण र आचरण विचको फरक हामिलाई थाहा भइदिए जीवन अति नै सुन्दर हुन्छ । जीवन संगको हाम्रो लाडाई सिर्फ आवरण सुन्दरता तिर मात्रै छ यदि हामिले आचरण तिर पनि थोरै ध्यान दियौ भने जीवन बोझ नभएर एउटा उत्सव बन्छ होला ।

विद्यालय जिवनमा फिल्मीका हिरो हिरोनीका तस्बिरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजो आज नयाँ वर्षको शुभकामना आदन प्रदान सामाजिक संञ्जालमा व्यापक रुपमा हुने गर्छ । यो एउटा सुन्दर पक्ष हो , जसले चिने नचिनेकालाई पनि शुभकामना वाड्न पाउनु ।

विश्व भरी फैलिएको कोरोना भाइरस र कोरोना भन्दा डरलाग्दो अर्को भ्रष्टाचार र नेपाली राजनितीले गलेका नेपालीमनमा राजिनितिक, सामाजिक, नवयुगको फरक चेतले उर्जावान बनेर अब देशमा माया, प्रेम, सद्भाव, समभाव अनि विश्वस अघि बढोस ।

हामिले मनाउने ‘नयाँ वर्ष’ पात्रोमा भएको परिवर्तनको प्रतिविम्वन हो । पात्रो मात्र फेरिने चलन त पहिलै देखि नै छ, कतै नयाँ वर्षको सन्देश पात्रो मात्र नभएर पात्र परिवर्तन गर्नु पर्छ भन्ने पो हो कि….? मानिसको जीवन यात्रामा नयाँ यात्राको सुरुवात हिजो भन्दा आज बदलिएको असल र गुणि पात्र बन्नु पो हो कि…? आफै मा एउटा प्रश्न छ ।

नयाँ वर्षलाई आधर बनाउदै आगमी वर्षका लागि चरित्र बदल्ने जिवनको नयाँ यात्रा सुरु गर्ने परम्परा संसारभर छ । अधिकांश प्रणहरुको आयु छोटो हुन्छ तर प्रण मार्फत पात्र र जिवनको नयाँ यात्राको सुरुवात गर्न खोज्ने यो परम्परा सुनौलो छ । सफल र उत्तम प्रण जब आफ्नो जीवनको प्राण बन्छ । तब ! फेरिन्छ आचरण । पात्रोमा नयाँ वर्ष देखीएला तर आचरण नफेरीए सम्म पात्रमा नयाँ जिवनको सुरुवात कहिल्यै फेरिदैन । त्यसैले नयाँ जिवनको यात्रा सुरु गर्न नयाँ वर्ष सँगै आफ्नो आत्मा बाट मन बाट प्रण गरौ जुन पात्रो फेरिए जसरी कहिले नफेरियोस प्राण बनेर बसोस ।

आफू बाटै परिवर्तनको सुरुवात गरौ ।

परम्परागत सोचलाई नयाँ सोचमा ढाल्न सिकौं । म भन्ने पात्र बाट सुरुवात गर्दा हामी, हजुर हुँदै उँहाहरु सम्म पुग्छ । एउटा आशा, नयाँ वर्षमा सम्पुर्ण मानिसहरुको जिवन नयाँ वर्ष देखि नयाँ यात्रा बाट सुरुहोस । सबैमा यस नयाँ वर्षले सुख, शान्ति, सद्भाव, उत्तरोत्तर प्रगतिको साथै जिवनमा धेरै खुसीहरु र मायाको आभाष ल्याओस यहि छ मेरो नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ।।।

लेखक : विवेक श्रेष्ठ, बेलबारी



Loading...
loading...

Top