logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

वार्ताबाट सबै समस्याको समाधान खोजौं भन्दै नरेन्द्र मोदीलाई इमरान खानको पत्र

वि.सं २५ जेष्ठ २०७६, शनिबार १५:५६
Blog single photo

वार्ताबाट सबै समस्याको समाधान खोजौं भन्दै नरेन्द्र मोदीलाई इमरान खानको पत्र

पकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै कश्मीर मुद्दासहित सबै समाधान योग्य समस्याहरूको समाधानका लागि इस्लामावाद दिल्लीसँग वार्ता गर्न चाहेको उल्लेख गरेका छन् ।

बिशकेकमा शंघाई सहयोग संगठन (एससीओ) शिखर बैठक अघि दुई देशबीच तत्काल द्विपक्षीय बैठक नहुने भारतले बताएको एकदिन पछी पाकिस्तानका तर्फबाट कुराकानीको यस्तो प्रस्ताव आएको छ ।

पुलवामाको आत्मघाती हमलापछि चिसिएको भारत पाकिस्तान सम्बन्ध यथावत रहेको अवस्थामा पकिस्तानी प्रधानमन्त्री इमरान खानको उक्त पत्रलाई अर्थपूर्ण नजरले हेरिएको छ ।

यस अघि मोदीको दोस्रो कार्यकालको सपथग्रहण समारोहमा पाकिस्तानलाई निम्तो दिइएको थिएन, यधपी दोश्रो कार्यकालको लागि मोदी पुन: निर्वाचित हुने निश्चित भए लगत्तै इमरानले मोदीलाई सफल कार्यकालको लागि बधाई दिएका थिए ।

मोदीको जीतपछि इमरान खानले मोदीलाई बधाई दिंदै दक्षिण एसियामा शान्ति र विकासका लागि मिलेर काम गर्न आफू इच्छुक रहेको आशय व्यक्त गरेका थिए ।

शुक्रबार पठाइएको इमरानको पत्रमा दोस्रो कार्यकालका लागि पीएम मोदीलाई बधाईको साथमा “वार्ताले नै दुवै देशका जनतालाई गरीबीबाट मुक्त गर्न सक्ने र क्षेत्रीय विकासका लागि दुवै सँगै मिलेर काम गरौं ।” भन्ने संदेश रहेको बताइएको छ ।

Top