बलिउड नायिका तनुश्री दत्तमाथिको यौन हिंशाको आरोपमा नाना पाटेकरलाई क्लिन चिट

यौन हिंशाको
Advertisement

बलिउड नायिका तनुश्री दत्तमाथिको यौन हिंशाको आरोपमा नाना पाटेकरलाई क्लिन चिट

एजेन्सी- बलिवुड अभिनेता नाना पाटेकर बलिउड नायिका तनुश्री दत्तले उनीमाथि लगाएको यौन हिंसाको आरोपमा क्लिन चिट पाएका छन् ।

गतबर्ष ‘मि टू’ प्रकरणमा नायिका तनुश्री दत्तले नाना पाटेकर विरुद्ध मुख खोलेपछि ठूलै हलचल मच्चिएको थियो ।

तनुश्रीले ‘मि टू’ अभियान अन्तर्गत आफूमाथिको यौन हिंशा सार्वजनिक मात्र गरिनन्, नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।

१० वर्ष अघि बलिवुड चलचित्र “हर्न ओके प्लिज”को एक गीतको छायांकनको क्रममा नानाद्वारा आफूमाथि ‘सेक्सुअल ह्र्यासमेंट’ भएको भन्दै उनले गतवर्ष उजुरी दिएकी थिइन् ।

तनुश्रीको यो कदमपछी त्यसलाई पछ्याउदै बलिवुड क्षेत्रका अन्य महिलाहरूले पनि आफूमाथिका यौन हिंशाहरू बारे मुख खोलेका थिए ।

तनुश्रीको उजुरीमाथि छानबिन गरेको मुम्बई प्रहरीले, कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ ।

नानालाई ‘क्लिन चिट’ दिएपछि तनुश्रीले भनेकी छिन्, ‘नाना पाटेकरले पहिले पनि बलिउडका अन्य थुप्रै महिलामाथि यौन हिंसा गरेका छन् ।

हाम्रो मुद्दाका प्रत्यक्षदर्शी यो बिषयमा मौन बसे र झुटो प्रत्यक्षदर्शीलाई अगाडि ल्याइयो । कतिपय प्रत्यक्षदर्शीको भनाइलाई यो मुद्दामा समावेश समेत गरिएन ।’

तनुश्रीले अगाडि भनेकी छिन्, ‘यो कुराले मलाई आश्चर्यचकित बनाएन । भारतकी महिला भएको नाताले यस्तो कुरामा अचम्म मान्नुपर्ने अवस्था छैन ।

यदि, बलात्कारको मुद्दामै आलोकनाथले क्लिन चिट पाउन सक्छन् भने यौन हिंसाको मुद्दामा नाना पाटेकरले क्लिन चिट पाउनु ठूलो कुरा नै होइन ।

आफ्नो जीवनमा अब यस्ता खालका बिषयमा फेरि पनि आवाज उठाउन नपरोस् भनेर कामना गर्दै भ्रष्ट सिस्टम र पीडकहरू संग एक्लै लड्दा आफू थाकेको तनुश्रीले लेखेकी छिन् ।

तर उनले यो घटनालाई आफूलाई कसैले नसुन्ने भन्ने उदाहरणको रूपमा लिएर चुप नबस्न समेत आम महिलाहरू समक्ष अपिल गरेकी छिन् ।

‘निरन्तर त्यस्ता यौन हिंशाका घटनाहरूलाई बाहिर ल्याउनु, ताकी भविष्यमा कसैले कुनै निर्दोष र असाहय नारीमाथि दुष्प्रयास गर्नुपूर्व दुईपटक सोचोस्’ तनुश्रीले भनेकी छिन् ।

Facebook Comments