logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

अवैध रुपमा बनाइएको घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

स्टिम न्युज वि.सं २ भाद्र २०७६, सोमबार १५:०१
Blog single photo

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नगरकोट बजार अनिश्चितकालीन बन्द गरिएको छ ।

नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गरेका हुन् ।

साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका सङ्घर्ष समितिले बताएको छ ।

साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् भने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने बताएका छन् ।

व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ गरी १०० भन्दाबढी घर टहरा नगरपालिकाले आइतबार डोजर लगाएर भत्काएको थियो ।




Top