logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

झुठो विवरण पेश गरी नागरिकता बनाउने कारागार चलान

वि.सं ७ श्रावण २०७६, मंगलवार २०:१८
Blog single photo

झुठो विवरण पेश गरी नागरिकता बनाउने कारागार चलान

ताप्लेजुङ । झुठो विवरण पेश गरी नागरिकता बनाउने क्रममा पक्राउ परेका दुईजनालाई ताप्लेजुङ कारागार चलान गरिएको छ । गत असार १० गते जिल्ला प्रशासन कार्यालयवाट पक्राउ परेका दुवैलाई सोमबार पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाईं र झापाको दमक निवासी ३४ वर्षीय भीमबहादुर चौलागाईंलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए । गत असार १० गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ परिसरबाटै पक्राउ परेका उनीहरुमाथि प्रहरीले अनुसन्धान कार्य पूरा गरेपछि जिल्ला अदालतले सोमबार कारागार चलान गरेको हो ।




Top