logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

नबिल बैंकको “Nabil Gen-N Account” सुरूवात

वि.सं ३१ जेष्ठ २०७७, शनिबार ११:१६
नबिल बैंकको “Nabil Gen-N Account” सुरूवात

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको माग र हितलाई मध्यनजर गर्दै समय सुहाउँदो सेवा प्रदान गर्दै आएको सबैमा अवगत नै छ । पृथक, समयानुकूल तथा प्रविधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको बैंकले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्नो ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ एवम् सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै “Nabil Gen-N Account” सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ ।

“Nabil Gen-N Account” ग्राहक महानुभावहरूको माझ सहज तथा सरल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याजसहितको सुविधा सम्पन्न बचत खाता हो । यसमा थुप्रै प्रविधिमैत्री सेवाहरू जस्तै मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, online transactions र डेबिट कार्ड, क्रेडिट कार्ड, NTC/NCell 2GB data package निःशुल्क जारी गरिएको छ । हाम्रो समुदायमा घातक रोगहरूको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षणसहित नबिल बैंकले १३ प्राणघातक रोगहरू तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने सहर्ष जानकारी गराएको छ ।

“Nabil Gen-N Account” नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गरिएको छ । १८ वर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन् । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक विश्वस्त रहेको छ ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १ सय १८ वटा शाखा, १ सय ७५ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ । बैंकले ग्राहकवर्गको उच्च सन्तुष्टि एवम् आधुनिक बैंकिङ्ग युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।



Loading...
loading...

Top