logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

नवरात्री बिशेष: चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै

स्टिम न्युज वि.सं १५ आश्विन २०७६, बुधबार ०७:१३
Blog single photo

नवरात्रीको चौथो दिन आज (शनिबार) देवी कुष्माण्डाको पूजा गरिँदैछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो ।उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको ग्रन्थहरुमा बताइएको छ । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ ।

यी देवीको आठवटा हात रहेको छ । यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने गरिएको छ । यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ । यी देवीको बाहन सिंह हो ।

कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

यिनलाई कुपिण्डोको बलि प्रिय लाग्दछ । संस्कृतमा कुपिण्डोलाई कुष्माण्डा भनिन्छ ।उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर आज यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

यी दे वीको बास सूर्यमण्डलभित्र रहेको स्थानमा हुन्छ । सूर्यलोकमा रहनसक्ने क्षमता केवल यिनमा मात्रै रहन्छ । त्यसैले यिनको शरीरको कान्ति तथा प्रभा सूर्यको भान्ति जस्तै देदिप्यमान रहेको छ । यिनकै दिशाले दश दिशा आलोकित बनेको छ । यिनकै कारणले ब्रह्माण्डका सबै बस्तु तथा प्राणीमा तेज व्याप्त रहेको छ ।




Top