logo
  • Sunday, October 20, 2019
  • वि.सं ३ कार्तिक २०७६, आईतवार

प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि मुसहर समुदायको जनसभामा सर्यो

वि.सं ४ जेष्ठ २०७६, शनिबार १०:४३
Blog single photo

प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि मुसहर समुदायको जनसभामा सर्यो

इटहरी । नेपाल राष्ट्रीय मुसहर संघको दोस्रो जनसभा स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि जेठ १३ गतेका लागि सरेको छ। मोरङको बुढीगंगा गाउँपालिका–३ बासवारीमा शनिवारका लागि तय भएको कार्यक्रम सरेको हो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरी नेपाल राष्ट्रीय मुसहर संघ जिल्ला समिति मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षाका लागि निवेदन दिएका थिए । तर प्रशासनले बासवारीमा नभई अन्यन्त्र कार्यक्रम गर्न भनेपछि बासवारीका लागि तय भएको कार्यक्रम रोकिएको हो ।

प्रशासनले बासवारीमा कार्यक्रम रोकेपछि जेठ १३ गतेका लागि विराटनगर हाटखोलाको खाली मैदानमा जनसभा आयोजना गर्ने तयारी भएको संघका अध्यक्ष जितेन्द्र ऋषिदेवले जानकारी दिए । कार्यक्रमको सबै तयारी पूरा गरेका थियौं, अन्तिम समयमा सिडिओ कार्यालयले सुरक्षा दिन नसक्ने बताएपछि जेठ १३ गतेलाई सार्याै संघकाअध्यक्ष जितेन्द्र ऋषिदेवले भने।’

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले विवादित स्थान बासवारीमा नभई अन्य कुनै स्थानमा कार्यक्रम गर्न आग्रह गरिएको बताए ।

बुढीगंगामा गाउँपालिका २, सख्मा टोलमा सनी ऋषिदेवले सिर्जना थापामगरसँग भागी विवाह गरेपछि स्थानीय ऋषिदेव र अन्य समुदायबीच सम्बन्ध चिसिएको छ ।

एक महिना अघि सिर्जना र सनीले विवाह गरेपछि दुई समुदायबीचको सम्बन्ध चिसिएको हो । गत चैत १८ गतेबाट सुरु विवाद बढ्दै गएपछि थापामगर परिवारले ऋषिदेव परिवारले सामुहिक रुपमा प्रयोग गर्दै आएको कल उखेलिदिएका थिए ।

विवादपछि असुरक्षाको कारण सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् । थापामगर परिवारले फ्यालेको कल स्थानीय प्रशासनले गाड्न निर्देशन दिएपछि कल गाडिएको छ । तर वातावरण अझै सहज नभएको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बासबारीमा कार्यक्रम गर्दा पहिले पनि विवाद भएकाले विवाद नहुने स्थानमा कार्यक्रम गर्न आग्रह गरिएको बताए ।




Top