logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

व्यस्त जिवनलाइ स्वस्थ्य र सहज बनाउन मुहूर्त साधना, के हाे मुहूर्त साधना ?

वि.सं २८ चैत्र २०७५, बिहीबार १६:२९
Blog single photo

व्यस्त जिवनलाइ स्वस्थ्य र सहज बनाउन मुहूर्त साधना, के हाे मुहूर्त साधना ?

विकास संगै अती व्यस्त जिवनशैलि हुँदै गरेकाे अवस्थामा सबै आफ्ना आफ्ना जिम्मेवारीका काम र रुचीका काम गर्ने क्रममा अती व्यस्त छन् । कामकै व्यस्तताको कारण प्रायः सबैले आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्न सकेको देखिंदैन । यसको परिणाम स्वरुप विश्वमा लगभग ९९% मानिसहरू कुनै न कुनै रोगको शिकार भएर बाँच्नु परेको छ ।

बारम्बार पानी नपिउने वा बढी पानी पिउने र एउटै आसनमा बस्ने तथा निहुरिएर लगातार लामो समय गर्ने कामकै कारण प्राय जसो सबैले ढाडकम्मर दुख्ने पीडा भोग्दैबाट शुरु भएर हड्डी खिईने हुँदै मृगौला आदि अंग असफल तथा क्यान्सर आदि भयानक रोगहरूको शिकार भएर अकालमा नै मर्नु परेको हामी सबैका सामु छर्लङ्ग छ । यी सबै घटनालाई सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने यी सबै घटना हामीले हाम्रो शरीरले सञ्चालन गर्ने कामहरूलाई व्यवस्थित गरी सही बिधिले सञ्चालन गर्न नजान्नु कै परिणाम नै हुन् भन्ने प्रष्ट छ ।

साधनाकाे आवश्यकता यसप्रकार छ 

  • शरीरिक र मानिसिक स्वस्थ्य स्वस्थ राख्न ।
  • गरेका कामबाट थकाई नलाग्ने हुन ।
  •  छोटो अवधिमा धेरै काम गर्न ।
  •  स्मरण शक्ति बढाउन ।
  • लामो आयु बाँच्न ।
  •  रचनात्मक शक्ति बढाउन ।
  •  हरेक काममा सफलतासम्म सजिलै पुग्न ।
  • आफुमा मानवीय गुण विकास गर्न ।
  • जीवनमा धर्म, अर्थ, काम र मोक्षहरूको पुरुषार्थ प्राप्त गर्न ।

अतः जीवनका सबै क्रियाकलापलाई एक मुहूर्त साधनाको विधिमा सञ्चालन गर्न आवश्यक भएको हो ।

 मुहूर्त साधनाका विधि यस प्रकार छन्  ः–

  • कुनै पनि कामको शुरुमा कम्तिमा तीन घुट्का पानी पिउनु पर्छ ।
  •  कुनै पनि कामको शुरु गरे पछि लगातार एउटै आसनमा रहेर गरेको काम अठ्चालिस मिनेट (एक मुहूर्त) भित्र रोकिएर फर्कनु पर्छ ।
  • लगातार गरिरहेको कामबाट फर्किनु भनेको कम्तिमा तीन घुट्का पानी पिउनु  भनेको हो भन्ने सम्झेर पानी पिउनु पर्छ ।
  •  कुनै पनि कामबाट फर्केको र अर्को कामको शुरु गर्नु अघिको विचको चल्मलाउने छोटो विश्राम समय लगभग बाह्र मिनेट हुनु पर्छ ।
  •  पुनः अर्को कामको शुरु गर्नु अघि पनि कम्तिमा तीन घुट्का पानी पिउनै पर्छ ।

कस्ताे व्यतिले अपनाउन सकिन्छ याे विधि :

  •  समयको जानकारी राखेका हुनु पर्छ  ।
  •  शुद्ध पिउने पानीको उपलब्धता हुनु पर्छ ।
  • काम प्रतिको जागर र प्रतिबद्धता हुनु पर्छ ।




Top