‘मुन्ना भाई ३’ यसैवर्ष रिलिज हुने सर्किट द्वारा घोषणा

0
मुन्ना भाई ३
Advertisement

‘मुन्ना भाई ३’ यसैवर्ष रिलिज हुने सर्किट द्वारा घोषणा

पोखरा ।    कमेडी शैलीमा ‘मुन्ना भाई’ सबैभन्दा कडेडी फिल्म हो । ‘मुन्नाभाई एमबीबीएस’ पछि ‘लगे रहो मुन्नाभाई’ ले अपार सफलता हात र्पायो । जसको तेस्रो सिक्वेल यसै वर्ष रिलिज हुने पक्का भएको छ ।

‘मुन्ना भाई’मा ‘सर्किट’को भूमिका निभाएका अरशद वारसीले यस फिल्म यसैवर्ष रिलिज हुने बताएका छन् । भारतीय मिडियाले जनाएअनुसार सर्किटले यस फिल्मको स्क्रीप्ट तयार रहेको र यसै वर्षदेखि प्रदर्शनमा आउने बताएका हुन् ।

अरशद पछिल्लो समय आफ्नो आगामी फिल्म ‘फ्रड सैयाँ’ को प्रमोशनमा व्यस्त छन् । र, यसैक्रममा उनले ‘मुन्नाभाई’ को तेस्रो सिक्वेलको स्क्रीप्ट तयार भएको बताए । उनले निर्देशक राजकुमार हिरानीले यस फिल्मको स्क्रीप्ट तयार गरिसकेको बताए । उनका अनुसार यस फिल्म यसै सालको बीचमा या अन्त्यसम्मा प्रदर्शनमा आउनेछ ।

यस अघिल्ला ‘मुन्नाभाई एमबीबीएस’ २००३ मा र यसको सीक्वल ‘लगे रहो मुन्नाभाई’ २००६ मा रिलीज भएका थिए । दुवै पार्ट सुपरहिट भएका थिए । ‘मुन्नाभाई एमबीबीएस’ मा सञ्जय दत्त र अरशदबाहेक ग्रेसी सिंह, सुनील दत्त र बोमन ईरानीले मुख्य भूमिका निभाएका थिए । यस्तै दोस्रो सिक्वलेमा संजय दत्त, अरशद र विद्या बालनको मुख्य भूमिका थियो ।

Facebook Comments