logo
  • Thursday, July 29, 2021
  • वि.सं १४ श्रावण २०७८, बिहीबार

कोलकत्ता आठ विकेटले पराजित गर्दै मुम्बई ईण्डियन्स आईपिएलको शीर्षस्थानमा

स्टिम न्युज वि.सं १ कार्तिक २०७७, शनिबार ०७:०५
कोलकत्ता आठ विकेटले पराजित गर्दै मुम्बई ईण्डियन्स आईपिएलको शीर्षस्थानमा

Spread the love

काठमाडौं: डी ककको उत्कृष्ट बमयाटिङमा मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग आईपिएलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटको सहज नतिजामा हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ।

पहिले ब्याटिङ गरेको कोलकत्ता नाइट राइडर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनायो। टप र मिडल अर्डर ध्वस्त हुदा ६१ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो। यसपछि सातौ क्रमका ब्याट्सम्यान प्याट क्युमिन्सले लज्जास्पद योगफलमा रोकिन जोगाए र अर्धशतकीय पारी खेले। उनी अविजित ५३ रनमा क्रिजमा रहे। बलिङमा राहुल चाहरले दुई विकेट लिए।

जवाफमा १४९ रनको विजय लक्ष्य मुम्बई ईण्डियन्सले १६ दशमलव ५ ओभरमै मात्र दुई विकेटको नोक्सानीमा पुरा गर्यो। डी कक र रोहित शर्माले पहिलो विकेटकोलागि ९४ रनको साझेदारी गरी राम्रो सुरुवात दिलाए। रोहित ३५ रनमा आउट भए। डी कक क्रिजमा जमे र ४४ बलको सामना गरी ९ चौका र ३ छक्का सहित अविजित ७८ रनको सानदार पारी खेली सहज जित दिलाए।यस्तै हार्दिक पाण्डाय पनि अविजित २१ रनमा क्रिजमा रहे।

यसरी आठ विकेटको जितमा आठ खेल खेली छैठौ जित सहित १२ अंक सहित मुम्बई ईण्डियन्स लिगको शीर्षस्थानमा उक्लिएको हो। दोस्रो स्थानको दिल्ली क्यापिटल्ससँग पनि १२ अंक नै रहेको छ। पराजित कोलकत्ताक यो चौथो हार हो र आठ अंक सहित लिगको चौथो स्थानमा छ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com