प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा विवेक ओबरोय

0
मोदीको भूमिकामा
Advertisement

प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा विवेक ओबरोय

काठमान्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ । ‘पीएम नरेन्द्र मोदी’ नाम दिइएको सो फिल्मको फर्स्ट लुकमा अभिनेता विवेक ओबरोयलाई देखाइएको छ ।

विवेकलाई नरेन्द्र मोदीको भेषमा देखाइएको छ । पोस्टरमा राष्ट्रभाव ‘देशभक्ति न मेरा शक्ति’ समेत प्रस्तुत गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको निर्माण युनिटले फिल्मका पोस्टरलाई ८ भाषामा सार्वजनिक गरेको छ ।

सन् २०१९ को चुनावअघि उक्त फिल्म मोदीका लागि महत्वपूर्ण हुने सञ्चारमाध्यमहरूमा उल्लेख छ । ओमंग कुमारको निर्देशन तथा सुरेश ओबेरोय र सन्दीप सिंहको प्रोडक्सनमा बनेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

Facebook Comments