logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

म:मः मिठाे हुनुपर्छ कि म:मः काे अचार? यस्ताे छ स्वादिष्ट म म को अचार बनाउने तरीका

वि.सं ९ जेष्ठ २०७६, बिहीबार १६:४२
Blog single photo

म:मः मिठाे हुनुपर्छ कि म:मः काे अचार? यस्ताे छ स्वादिष्ट म म को अचार बनाउने तरीका

काठमाडौ : नेपाली म:म को विशेषता, त्यससंगै खाइने अचार हो । अचार स्वादिष्ट बनाउन सकियो भने म:म खानुको मज्जा नै बेग्लै हुन्छ । विशेष गरी म:म संग खाइने अचार स्वादिष्ट भए म:म स्वभाविक रूपले मिठाे हुन्छ । आज हामी म म को अचार बनाउने तरीका सिकाउँदै छौं ।

यसरि बनाउन सकिन्छ स्वादिष्ट म:म को अचार

सामग्री :

भटमास, तिल, धनियाँ, पुदिना, हरियो खुर्सानी

काटेर राखेको टमाटर, तेल, नुन, बेसार, खुर्सानीको धुलो

कागतीको रस, जिरा, अदुवा लसुनको पेस्ट

विधि :

भटमासलाई भुट्ने ।

भटमास भुटेर अर्को भाँडोमा राखेपछि तिल भुट्ने ।

भुटेको तिल र भटमासलाई मिक्सरमा पिस्ने ।

भाँडोमा तेल तताउने ।

तेल तातेपछि त्यसमा हरियो खुर्सानी, जिरा, लसुन-अदुवाको पेस्ट राखेर चलाउने ।

त्यसपछि बेसार र टमाटर राखेर चलाउने ।

अब त्यसमा नुन र खुर्सानी राखेर चलाउने र केहि मिनेट छोपेर पकाउने ।

त्यसपछि त्यसमा कागतीको रस, धनियाँ, पुदिना राखेर मिक्स गर्ने ।

अब त्यसलाई तिल र भटमास संग मिसाउने ।

त्यसपछि मिक्सरमा राखेर तातो पानी राखी मिक्स गर्ने ।

यसरी तयार भएको अचार सँग म म चोब्दै खानुको मजा नै छुट्टै छ ।

स्वादिष्ट चिकेन म:म: कसरी बनाउने ? सिक्नुहोस स्वादिष्ट म म बनाउने तरिका

Top