logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

स्वादिष्ट चिकेन म:म: कसरी बनाउने ? सिक्नुहोस स्वादिष्ट म म बनाउने तरिका

वि.सं २० माघ २०७५, आईतवार ०३:४३
Blog single photo

स्वादिष्ट चिकेन म:म: कसरी बनाउने ? सिक्नुहोस स्वादिष्ट म म बनाउने तरिका

हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोलि सबैले मःम रुचाउँछन् । यदि मःम खान त्यत्तिका धेरै रुचि लाग्छ भने घरमै पनि बनाएर खान सकिन्छ । धेरै गाह्रो हुँदैन । सिक्नुहोस स्वादिष्ट म म बनाउने तरिका :

चिकेन म:मः बनाउन चाहिने सामाग्रीहरु:-

  • १ के जी चिकन किमा । वा कुखुराको छाति वा फिलाको मासु मात्रै छानेर मसिनो गरी किमा बनाउन पनि सकिन्छ
  • २ वटा ठिक्क साइज को प्याज
  • २ वटा छ्यापि
  • अलिकति बन्दा ( न राख्दा पनि हुन्छ)
  • आधा केजी मैदा ( आँटाको बनाउन सके उत्तम )

म म को लागि मसला

  • जिराको धुलो
  • नून
  • बेसार
  • मःमः मसला त्यो उपलब्ध नभए गरम मसला
  • दालचिनी को धुलो
  • घिउ वा बटर

म म बनाउने तरिका

  • मासु, अनि ग्राइन्ड गरिएको प्याज, छ्यापि र बन्दा सहित सबै मसला हाल्दै मुछ्ने । तोरि को तेल छ भने अझ मीठो बासना दिने हुन्छ । घिउ वा बटर पनि हाल्ने। अझ राम्रोसँग मुछ्ने।
  • पीठो मा पानी थोरै हाली मुलायम हुने गरि मुछ्ने। रोटि बनाउन लायक भए पछि स सानो डल्ला बनाउने ( आफ्नो मुख को साइज अनुसार म: म: बनाउन मिल्ने गरी ठिक्क साइज को डल्ला तयार गर्ने )।
  •  बेल्ना ले पेलेर ठुलो रोटी जस्तो एकनासको पातलो रोटी बनाउने, उस्तै आकरको गोलो बनाउन धारीलो मुख भएको गिलास वा कचौराको प्रयोग  सानो सानो रोटी बनाउने, बेल्नाको अभाव छ भने २ ओटा स्टिलको प्लेटको बिचमा पिठो को डल्ला राखेर बेस्सरि च्यापे पनि सानो गोलो रोटि बन्ने हुन्छ। अथवा हातैले औलाले थिची थिची पनि बनाउन सकिन्छ।
  • म: मः पकाउने भाडाको डेक्ची आकारको भाडामा पानी उमाल्ने ।
  • अब पीठो को ससानो रोटीमा मसला मोलेर तयार गरीएको किमा राख्ने । अनि आफ्नो ढंगले म:म: लाई गोलो वा चाक्लो गरि आकार प्रकार दिने।
  • म: म: पकाउने जालीवाला भाडाको पिँधमा घिउ वटर वा तोरीको तेल दल्ने । यसो गर्दा मःमः भाडामा टाँसीदैन
  • त्यस पछी एउटा मःमः ले अर्कोलाइ नछुने गरी मःमः भाडामा हाल्ने।
  • करीब ६ देखि ८ मिनेट सम्म ढक्कन बन्द गरेर पकाउने।

तयार भयो स्वादिष्ट चिकेन म: म:

चिकेन मःमः खाने तरिका

  • ताततातो सिङ्गो म:म: खाने (मःमः को डल्ला नफुटाइकन खाँदा त्यसको रस जिब्रोमा पर्दाको स्वाद साह्रै मिठो हुन्छ )।
  • असलि स्वाद म: म: को हुने भएको ले अचार लाइ कम बिचार गर्दा पनि हुन्छ ।
  • म: म: लाई एक दिन बासी गरेर (फ्रीजमा हालेर फेरि) भोलि पल्ट हल्का तेलराखेर फ्राइ गरेको म:म: स्टीम म: म: भन्दा मीठो हुन्छ।

मुखै रसाउने परिकार बनाउनुस अझ स्वादिलोः सिन्कामा उनेर पकाएको पनिर




Top