logo
  • Friday, July 3, 2020
  • वि.सं १९ असार २०७७, शुक्रबार

अँध्यारोमा बसेर मोबाइल चलाउनु हुन्छ ?

स्टिम न्युज वि.सं १ पुष २०७६, मंगलवार ११:५१
अँध्यारोमा बसेर मोबाइल चलाउनु हुन्छ ?

काठमाडौं । प्रविधिको विकासले संसारलाई नजिक बनाएसंगै स्वास्थ्यमा हानी समेत गरिरहेको हुन्छ । जीवनको महत्वपुर्ण अंग बनेको मोबाइल फोनका फाइदासंगै बेफाइदाहरु पनि छन् ।

फोटो खिच्न, खेल खेल्न, इन्टरनेटमा च्याट गर्न, भिडियो हेर्न मोबाइलबाट गर्न सकिने भएकै कारणले मोबाइलको प्रयोग झन बढेको छ । अधिकांश मानिसहरू सुत्नुभन्दा अगाडी अध्यारोमा वा रातको समयमा मोबाइल च्याट गर्ने, गेम खेल्ने तथा भिडियो हेर्ने गर्दछन् ।

अँध्यारोमा मोबाइलको प्रयोगले यसबाट निस्किने हानिकारक किरणले आँखा र मस्तिष्कमा नकारात्मक असर गरिरहेको हुन्छ । अध्यारोमा फोन चलाउनु मानव स्वास्थ्यको लागि खतराजनक हुने समेत साबित भइसकेको छ ।

सुत्नुअघि मोबाइल चलाउदा शरीरमा मेलाटोनिन नामक हर्मोनमा कमी आउन थाल्छ । मेलटोनिनको कमीका करण राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन्छ ।

राती धेरै बेरसम्म मोबाइल चलाउदा निन्द्रा पुग्दैन । यसले शरीर सुस्त र थकित हुन्छ । निन्द्राको कमिले मानिसलाई तनाव, डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति सम्म पुर्याउने गर्छ । साथै, अल्जाइमर, पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना बढ्दै जान्छ । अत्याधिक मोबाइलको प्रयोगले मस्तिष्कको स्मरण शक्तिमा असर गर्ने, ट्युमर तथा मस्तिष्कको क्यान्सर समेत हुन सक्छ ।

रातिमा सुत्नु अघि मोबाइलको प्रयोगले आँखाको रेटिनामा गम्भीर असर पारेर आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ र तिरमिर देख्न थाल्छौं । राति अबेरसम्म मोबाइल चलाउदा आँखामा दबाव पर्न गई डार्क सर्कल, हानिकारक किरणले छालामा असर गरि चायाँ, पोतो, डण्डीफोर तथा दागको समस्या देखिन सक्छ ।

साथै आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, थायराइडको समस्या, केश झर्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप आदी जस्ता गम्भीर रोग समेत निम्तिन सक्छ ।



Loading...
loading...

Top