logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

स्टिम न्युज वि.सं २९ आश्विन २०७७, बिहीबार २३:०९
सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

काठमाडौं: मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी कम्पनि ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लिले इच्छुक सम्पूर्ण महिलाहरुलाई मिस यूनिभर्स सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गर्दै एप्स सार्वजिक गरेको छ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले असोज २२ गते, बिहिबारका दिन, ए.पि. वान एचडि मार्फत प्रत्यक्ष प्रसारित कार्यक्रम “द नग्म्याटिक शोू मार्फत उक्त एप्स सार्वजनिक गरेका हुन्।

उक्त सौन्दर्य प्रतियोगीताका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने बताइएको छ। जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहको पुर्व मिस युनिभर्स श्रेष्ठले बताए।

उक्त एप्स एन्ड्रोइडको गुगलप्ले स्टोर तथा एप्पलको आइओ एस दुवैमा सार्वजनिक गरिएको छ । एप्स मार्फत सहभागीहुने पहिलो २० प्रतियोगीहरुले निःशुल्क रजिष्ट्रेसन गर्न पाउनेछन भने बाकी पाँच हजार  प्रतियोगीहरुका एक हजार रुपैया  तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरेको छ ।

उक्त प्रतियोगिताका लागि आवेदन दर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रम मार्फत गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न अथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदान गरेको योगदानहरुलाई प्रस्तुत गरिएको थियो ।



Loading...
loading...

Top