logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

बलिवुड गायक मिका सिंहलाई देशभित्रै गीत गाउन प्रतिबन्ध

मीकासँग काम गरेमा उनको विरुद्धमा पनि कानूनी कार्वाही गरिने
वि.सं २९ श्रावण २०७६, बुधबार १७:२७
Blog single photo

बलिवुड गायक मिका सिंहलाई देशभित्रै गीत गाउन प्रतिबन्ध

भारत: पाकिस्तानको पुर्व राष्ट्रपति मुशर्रफको आफन्तको कार्यक्रममा गाएपछी बलिवुड गायक मिका सिंहलाई भारतमा गीत गाउन प्रतिबन्ध लगाएको छ । उनलाई अल इन्डियन सिने वर्कर्स एसोसिएसन(आइक्वा) ले प्रतिबन्ध लगाएको हो

आइक्वाको प्रतिबन्ध संगै उनले भारतमा कोही सँग पनि कार्यक्रम गर्न पाउने छैनन्। पाकिस्तानको कराचीमा पुर्व राष्ट्रपति जनरल पर्वेज मुशर्रफको आफन्तको छोरीको विवाहमा गाएपछी गायक सिंहको समस्या बढेको थियो  । उनको  सोसियल मिडियाहरुलाई ठुलो आलोचना समेत भएको थियो।

कार्यक्रम सकेर देश फर्केपछि कडा आलोचना झेल्दै आइरहेको मिका सिंहलाई आइक्वाको  क्रोधको सामना गर्नु परेको छ। आइक्वाले बिज्ञप्ति जारी गर्दै  मीका माथि प्रतिबन्ध लगाएको जानकारी दिएको छ।

आइक्वा द्वारा जारी बिज्ञप्तिमा भनिएको छ,” यदी प्रतिबन्धको विरोधमा गएर कसैले पनि मीका सँग काम गरेमा, उनको विरुद्धमा पनि कानूनी कार्वाही गरिने छ। मिकाले देश अनि देशको सम्मान भन्दा बढी पैसालाई महत्त्व दिएकोमा एसोसिएसनले यसलाई दुर्भाग्यपूर्ण भन्दै उनिमाथी कार्वाही गरेको छ।




Top