logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

मेयरले गायब पारे हाजिरी खाता, कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएनन्

स्टिम न्युज वि.सं २३ माघ २०७६, बिहीबार ०७:३३
मेयरले गायब पारे हाजिरी खाता, कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएनन्

विराटनगर । मोरङको सुनबर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् ।

सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन ।

तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि घिमिरे रौतहटको चन्द्रपुर नगरपालिकाबाट पुस २८ मा सरुवा आएका थिए ।

२८ गते नगरपालिकाको कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिष्टर लिएर हिंडेका थिए ।

त्यसपछि घिमिरेले नयाँ रजिष्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएका छन् ।  यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।



Loading...
loading...

Top