logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

अदालतको अवहेलना गरेको भन्दै इटहरीका मेयर बिरुद्ध उच्च अदालतमा मुद्धा दायर

स्टिम न्युज वि.सं ३१ भाद्र २०७६, मंगलवार ०८:३५
Blog single photo

बिराटनगर।अदालतको अवहेलना गरेको भन्दै  इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा दायर भएको छ ।

मेयर चौधरीलाई कारबाहीको माग गर्दै कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले मुद्दा दायर गरेका हुन्। इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई विपक्षी बनाई दायर भएको निवेदनमा हदैसम्मको कारबाहीको माग गरिएको छ।

मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेका थिए । सोही विषयलाई लिएर उनीविरुद्ध आइतबार मुद्दा दायर भएको हो।

निवेदकहरुको आफ्नो निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएकोले सो कार्य रोक्नको लागि अदालतले अन्तरीम आदेश दिएको थियो । मेयर चौधरीले फाइल नक्सा अध्ययन नगरी हचुवाको भरमा कल्भर्ट बनाउने काम गरेको निवेदकको भनाइ छ ।




Top