logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

कोपा अमेरिका: अर्जेन्टिनाले चिलीलाई हरायो, मेस्सीलाई १४ वर्षपछि रेडकार्ड

वि.सं २२ असार २०७६, आईतवार ०८:३४
Blog single photo

कोपा अमेरिका: अर्जेन्टिनाले चिलीलाई हरायो, मेस्सीलाई १४ वर्षपछि रेडकार्ड

काठमान्डौ:  साबिकको उपविजेता अर्जेन्टिना ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपमा तेस्रो स्थान ल्याउन सफल भएको । शनिबार राति प्रतियोगिताअन्तर्गतको तेस्रो स्थानका भिड्ने क्रममा अर्जेन्टिनाले साबिकको विजेता चिलीलाई हराएको हो ।

चिलीलाई हराउन सर्जियो अगुएरो र पाउलो डेबालाले समान एक–एक गोल गरे । यता, पराजित टोली चिलीका लागि अर्टुरो भिडालले एक गोल फर्काए । अर्जेन्टिनाले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । सर्जियो अगुएरोले गोल गर्दै उसलाई अग्रता दिलाएका थिए ।

यसैगरी खेलको २२औं मिनेटमा पाउलो डेबालाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । तर, खेलको ३७औं मिनेटमा अर्जेन्टिना र चिली दुवै टोली १० खेलाडीमा सीमित बने । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका हुन् ।

मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए । त्यसपछि चलिीले खेलको ५९औं मिनेटमा गोल गर्दै खेलमा फर्कने कोसिस गर्यो । तर, बाँकी बचेको समयमा दुवै टोली गोल गर्न असफल रहे र खेलको नतिजा अर्जेन्टिनाको पोल्टामा पर्यो ।




Top