अर्जेन्टिनी फुटबल टोलीमा मेस्सीको कप्तानी 

अर्जेन्टिना
Advertisement

अर्जेन्टिनी फुटबल टोलीमा मेस्सीको कप्तानी

एजेन्सी : लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ । अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको हो ।

आगामी जुन १४ तारीखबाट ब्राजिलमा सुरु हुने कोपा अमेरिकाका लागि प्रशिक्षक लियोन स्कोलानीले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गराएका हुन् । टोलीमा म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो, युभेन्ट्समा फरवार्ड पाउलो डिबाला र सेरिज सेन्ट जर्मन (पिएसजी)का एन्जल डी मारिया पनि टोलीमा अटाएका छन् । तर, इन्टर मिलानका मौरो आईकार्डीले भने टोलीमा स्थान बनाउन सकेनन् । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्बिया, पाराग्वे र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

 

Facebook Comments