logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

उत्कृष्ट १० लाई पछि पार्दै मेस्सीले जिते ‘गोल अफ दि सिजन’ अवार्ड

वि.सं २५ श्रावण २०७६, शनिबार ०८:१२
Blog single photo

उत्कृष्ट १० लाई पछि पार्दै मेस्सीले जिते ‘गोल अफ दि सिजन’ अवार्ड

एजेन्सी, २५ साउन । ‘युईएफए गोल अफ दि सिजन’को अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् ।

मेस्सीले यस अवार्डका लागि मनोनयनमा परेको युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित १० खेलाडीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा मेस्सीको गोल उत्कृष्ट ठहरिएको हो ।

मेस्सीले सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो । उनले डिबक्स बाहिरबाट फ्रिकिक गोल गरेका थिए । उक्त खेलमा बार्सिलोना ३–० ले विजयी भएको थियो ।

मेस्सीले अवार्ड जित्ने क्रममा सर्वाधिक मत पाएका छन् । युईएफएले वेबसाइटमा प्राप्त मतको आधारमा यस अवार्ड प्रदान गर्ने गर्दछ ।




Top